Saturday, 29th August, 2026
वि.स.

हिटर र पंखा नचलाउन कोरोना संक्रमितलाई स्वास्थ्य विभागको सुझाव

heater-1606982259.jpg

स्वास्थ्य सेवा विभागले कोरोना संक्रमितलाई आफू कोठामा रहँदा हिटर र पंखा नचलाउन सुझाव दिएको छ। विभागले पंखा चलाउँदा वा हिटर बाल्दा कोठाभित्र भएको हावा पुनः कोठाभित्रै घुमिरहने भन्दै त्यसो नगर्न सुझाएको हो।

वैज्ञानिक अध्ययनहरूले कोभिड(१९ को संक्रमण हावाबाट समेत सर्नसक्ने सम्भावना देखाएको भन्दै विभागको संक्रमितलाई उक्त कुराप्रति सचेत रहन आग्रह गरेको छ। साथै, कोठामा बस्दा एयर कन्डिसनको समेत प्रयोग नगर्न भनिएको छ।
जाडो सुरू भएसँगै मानिसहरूले हिटर बाल्ने वा एसी चलाउने हुँदा त्यसले संक्रमण जोखिम यथावत् रहने भन्दै विभागले सतकर्ता अपनाउन आग्रह गरेको हो।

विभागले होमआइसोलेसनमा बस्दा संक्रमितले के(के कुरा ख्याल गर्ने भन्नेबारे निर्देशिका जारी गरेको छ। जसअनुसार संक्रमित व्यक्तिले प्रयोग गरेको लत्ताकपडा तथा बेडसेटहरू धुनका लागि तयार गर्दा लुगाहरू नटक्टक्याइ झोलामा राखेर बन्द गर्ने र कोठालाई निसंक्रमण गर्ने भन्दै क्लोरिन पानी नछर्कने भनिएको छ।

यस्तै, धेरै व्यक्तिहरूले छोइ रहनुपर्ने ढोका, चुकुल, रिमोट, मोबाइल, ट्वाइलेटको फ्लस संक्रमित व्यक्तिले पनि छुनसक्ने भन्दै त्यस्ता सामग्री छुनासाथ तुरून्तै साबुनपानीले हात धुने वा स्यानिटाइजरले सफा गर्न विभागको सुझाव छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०