Thursday, 20th August, 2026
वि.स.

हिउँदमा पिउनु पर्ने पानीको जोहो वर्षातमा गर्दै भाङ्खोरिया बासी

IMG_20180909_090622-1536577512.jpg

पानीको समस्या वर्तमान समयमा दिनानुदिन बढ्दै गएको छ । कतै पानीको मुहानको संरक्षणको अभावको कारण त कतै पानीको मुहान नै नभएर । पानीको मुहान नभए पनि आकाशे पानीको संकलन र जिवनयापन गर्दै गरेका थाहा नगरपालिका वडा नं २ भाङखोरियाका केही बस्ति दैनिक जसो १ घण्टा लगाएर पानी लिन धाउने गर्दछन् । बस्ति नजिकै पानीको मुल नभएपछि मानिसले खान र बस्तुभाउको लागि समेत टाढाबाट पानी ल्याउनु पर्ने स्थानीय एक बृद्ध माइला लामाले बताए ।


६ हजार ५ सय लिटरको घर नजिकै राखिएको पानीको घ्याम्पोमा वर्षादको समय भरी पानी जम्मा गरेर हिउँदमा  करिव ५÷६ महिना मात्र खान पुग्ने उनले बताए । चैत्र बैशाखको धुलो धेरै उड्ने भएकाले उक्त समयमा समयमा वर्षाद हुँदा आकाशबाट परेको पहिलो पटकको पानी फाल्ने र त्यस पछिको पानीलाई घ्याम्पोमा जम्मा गर्ने गरिन्छ ।
वर्षादको समयमा घ्याम्पोको पानी कुनै कामको लागि पनि नचलाइ संकलन गरेर हिउँदको लागि जोगाउनु पर्ने बाध्यता छ लामाले भने वर्षादमा घ्याम्पोमा पानी भए पनि वर्षाद भरी खानाको लागी धाराको पानी जोहो गरेर घ्याम्पोको पानी हिउँदलाई जोगाउनु पर्छ किनभने हिउँदमा धारामा पानी आउँदैन, सँगै पानीको सबै मुल सुक्छ ।

हिउँदका लागि संकलन गरिने पानीको घ्याम्पो वर्षमा २ पटक सफा गर्ने गरिएको एक महिलाले बताइन् । उनी भन्छिन् “ पानीको सुद्धता जाँच गर्न पानीमा सुद्धिकरण गर्ने औषधि राख्नु पर्दछ, प्लान नेपालको सहयोग र प्रत्येक परिवारबाट ३ हजार संकलन गरि निर्माण भएको उक्त घ्याम्पोमा पानी सुद्धिकरणका लागि राखिने औषधि पनी प्लान नेपालले दिएको थियो ।”


२० देखि ३० घरधुरी रहेको उक्त भाङखोरियाका स्थानीयहरुको दैनिकी जस्तै बनिसकेको पानीको समस्यामा घ्याम्पोले केही समाधान गरे पनि वर्षाद समय भर १ घण्टा टाढाको पानी पँढेरी धाउनु बाध्यता बनेको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Thaha-002-1774415222.gif