Friday, 28th August, 2026
वि.स.

स्थानीय विकास साझेदारी कार्यक्रमका लागि स्थानीय तहमा बजेट आयो

स्थानीय विकास साझेदारी कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि छु्टयाएको ६ अर्ब ६० करोड रुपैयाँमध्ये ६ अर्ब ७ करोड रुपैयाँ सम्बन्धित स्थानीय तहमा बाँडफाँट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआएस)मा अहिलेसम्म ६ अर्ब ७ करोड रुपैयाँ प्रविष्ट भइसकेको छ । यो रकम बराबरका कार्यक्रम स्थानीय तहमार्फत कार्यान्वयन हुनेछन् ।

मन्त्रालयका अनुसार बजेट बाँडफाँट भएसँगै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली २०७७ अनुसार यो वर्ष संचालनको योजना बनाइएको कार्यक्रम सञ्चालन तथा कार्यान्वयनको बाटो समेत खुलेको छ ।  देशभरका १६५ निर्वाचन क्षेत्रका ७५३ स्थानीय तहमा स्थानीय विकास साझेदारी कार्यक्रम संचालन हुन्छ ।

विगतमा सांसद विकास कोषबाट संचालन हुने कार्यक्रमको नाम परिवर्तन गरी अहिले स्थानीय विकास साझेदारी कार्यक्रममा योजना कार्यान्वयन हुने गरेको छ । मन्त्रालयका अनुसार ६९५ स्थानीय तहका लागि एलएमबीआएसमा कार्यक्रम प्रविष्ट भएसँगै कार्यक्रम कार्यान्वयनको बाटो खुलेको हो ।

अहिले प्रतिनिधिसभा विघटन भएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif