Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्थानीय तहका कर्मचारीको सेवा प्रत्याभूति गरिने

प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका कर्मचारीलाई हीनताबोधलाई त्यागेर जनताप्रति सेवाभावले काम गर्न निर्देशन दिएका छन्।

कर्मचारी मिलन केन्द्र नेपालद्वारा २५ फागुनमा हेटौंडामाआयोजित स्थानीय निकायमा कार्यरत कर्मचारीको भेलालाई सम्बोधन गर्दै स्थानीय तहका कर्मचारीका लागि सेवाको प्रत्याभूति एवं वृत्तिविकासमा प्रदेश सरकारले गृहकार्य गरिसकेको जानकारी दिएका हुन्। 

राष्ट्रियसभा सदस्य रामचन्द्र राईले कर्मचारीलाई सेवामुखी भावनाले काम गर्न आग्रह गरेका छन्। कर्मचारी मिलन केन्द्रका अध्यक्ष विक्रम महर्जनले सबै स्थानीय तहका ज्यालादारी, अस्थायी र करार सेवाका कर्मचारीको जागिरको स्थायित्व र वृत्तिविकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०