Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुवेदी दम्पती हत्यामा संलग्न १४ वर्षपछि पक्राउ

123-1594627927.jpg

 सितापाइलामा १४ वर्षअघि भएको एक दम्पत्तिको विभत्स हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सर्लाही घर भएका जेके भनिने जयकिशोर शाहलाई भारतबाट पक्राउ गरेको हो ।

कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट–८ घर भएका नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीलाई धारिलो हतियार प्रहार गरी २० पुस २०६३ मा हत्या गरिएको थियो । सुवेदीकी छोरा विलव सुवेदी पनि घाइते भएका थिए ।

सामान्य विवादमा कामदार जयकिशोर र बाँकेका प्रताप रानाले दम्पत्तिको हत्या गरेर छोरालाई समेत घाइते बनाएको त्यसवेलै खुलेको थियो । यद्यपि, घटनालगत्तै उनीहरु फरार भएर भारतको नखनऊ पुगेपछि पक्राउ पर्न सकेनन् । त्यहाँ दुई वर्षसँगै बसेपछि प्रताप अन्यत्रै गएका थिए ।

‘शाहले भने जय शर्माको नामबाट भारतीय आधारकार्ड लिएर पहिचान बदली बस्दै आएका थिए’, ब्युरो प्रमुख डीआईजी सहकुलबहादुर थापाले भने, ‘हामीले प्राविधिक पक्षको विश्लेषण, हुलिया सनाखत लगायतका उपाय प्रयोग गरेर उनलाई पक्राउ गरेका हौं ।’

शाहलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौं बुझाउने तयारी भइरहेको जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०