Thursday, 27th August, 2026
वि.स.

सीपमुलक तालिमको उद्घाटन 

ब्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाले पाँच वटा सीपमुलक तालिमको उद्घाटन गरेको छ । केन्द्रले छ महिने कम्प्यूटर र जनरल मेकानिक्स तथा तीन महिने बिद्युत जडान, केश श्रृङ्गार तथा सौन्दर्य र सिलाई कटाई तालिमको उद्घाटन गरेको हो ।

कार्यक्रम प्रदेश ३ को सामाजिक विकास मन्त्रालयका सचिव युवराज सुवेदीको प्रमुख आतिथ्य तथा मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख डिल्लीराम रिजालको बिशेष आतिथ्यमा भएको थियो । तालिमहरुको उद्घाटन गरेपछि सचिव युवराज सुवेदीले तालिमलाई उपलब्धीमूलक बनाउन प्रशिक्षक–प्रशिक्षार्थीले बिशेष ध्यान दिनुपर्नेमा जोड दिदै समर्पित भएर तालिममा सहभागी हुन आग्रह गरे । महाशाखा प्रमुख रिजालले तालिमलाई जिवन रुपान्तरण गर्ने प्रतिबद्धता लिएर सीप सिक्ने र सिकाउनुपर्ने बताए ।

कम्प्यूटरमा ३४, केश श्रृङ्गार तथा सौन्दर्यमा ३०, बिद्युत जडानमा २८, सिलाई कटाईमा २० र जनरल मेकानिक्समा ११ गरी एक सय २३ जनाको सहभागिता रहेको छ । ब्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख युवराज गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका फणिन्द्र तिमल्सिनाले कार्यक्रमको उदेश्यसहित स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif