Wednesday, 2nd September, 2026
वि.स.

बोलेरोमा आगजनी गरेको आशंकामा २ जना पक्राउ

मकवानपुरको थाहा नगरपालिका वडा नं ४ सिमभञ्ज्याङमा कुखुरा बोक्ने निजी बोलेरोमा आगजनी गरेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

यहि ५ वैशाखमा हेटौंडा तर्फ जाँदै गएको ना २ च ९०९४ नंबरको कुखुरा बोक्ने बोलेरो गाडीमा आगजनी गरेको आशंकामा थाहानगरका सौगात विष्ट र पृथ्वीराज अधिकारीलाई पक्राउ गरिएको हो । उनीहरुलाई ५ वैशाख दिउँसो ३ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी निरीक्षक) सागरविक्रम राणाले जानकारी दिए । 

बोलेरोसहित मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ९ गोलमोडमा पालुङ तर्फ आइरहेको ना ४ ख ७९६० नंबरको तरकारी लोड गरेको मिनी आइचरमा समेत तोडफोड र आगजनी भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको राणाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif