Sunday, 30th August, 2026
वि.स.

वाइन टु वाटर नेपालद्वारा इन्द्रसरोवरलाई विभिन्न सहयोग

94378921_851347618681629_-1587466752.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई सिखरापुर क्याम्पस फपिङले विभिन्न सहयोग गरेको छ । गाउँपालिकालाई वाइन टु वाटर नेपालको सहयोगमा शिखरापुर क्याम्पसको पहलमा गाउपालिकासँग समन्वय र सहकार्य गर्दै विभिन्न सामग्री सहयोग गरेको हो । वाइन टु वाटरले गाउँपालिकाको विभिन्न वडाहरु र स्वास्थ्य चौकीहरु सहित ९ स्थानको लागि आपतकालीन साबुनपानीले हात धुने व्यवस्थाको निर्माण तथा सामग्री सहयोग गरेको हो ।


क्याम्पसलले गाउँपालिकाको विभिन्न वडाहरु र स्वास्थ्य चौकीहरु सहित ९ स्थानको लागि आपतकालीन साबुनपानीले हात धुने व्यवस्थाको निर्माण तथा सामग्री सहयोग गरेको हो । क्याम्पसका क्याम्पस प्रमुख निरोज श्रेष्ठको नेतृत्वमा गाउँपालिकाको ९ स्थानमा धारा जडान सहित २ सय लिटरको हिलटेक पानी ट्याङ्की र फलामे स्ट्याण्ड ८ थान, धारा जडान सहित ३ सय लिटरको ट्याङ्की र फलामे स्ट्याण्ड १ थान, रिसाइकल्ड साबुन २ सय थान सहयोग गरेको क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए ।

साथै सिखरापुर सामुदायिक सिकाई केन्द् फर्पिङ र इन्द्रसरोवर गाउँपालिकाकाे संयुक्त पहलमा इन्द्रसरोवर गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) विरुद्ध जनचेतना जगाउने र सामुदायिक रेडियो मार्फत सन्देश प्रवाह गर्ने कार्यकाे शुरूवात गरेकाे श्रेष्ठले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।