Wednesday, 2nd September, 2026
वि.स.

सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट कार्यान्वयन गराउन विद्यार्थीको दबाब

BIKSSS-1554961852.jpg

हेटौंडामा संयुक्त विद्यार्थी मकवानपुरले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने निर्णयको कार्यान्वयन नगरेको भन्दै आन्दोलन शुरु गरेका छन् । 

जिल्ला प्रशासकन कार्यालय मकवानपुरले यातायात व्यवशायीहरुलाई छुट दिन निर्देशन गरे पनि मकवानपुरका मझौला यातायातसहित अन्य सार्वजनिक संस्थाहरुले निर्णय कार्यान्वयन नगरेपछि विद्यार्थीहरुले सडक आन्दोलन सुरु गरेका हुन् ।

विद्यार्थीहरुले २८ चैत्रमा सिठ्ठी आन्दोलन जुलुस गरेका छन् । हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसका गरी करिब डेढ सय भन्दा बढी विद्यार्थीले सडकमा सिठ्ठी बजाएर नाराबाजी गरेका गरे । हेटौंडाको सीमा चोकमा कोणसभा गरी सिठ्ठी आन्दोलन समापन गरिएको संयुक्त विद्यार्थी मकवानपुरले जनाएको छ । आन्दोलनका कार्यक्रम अनुसार २९ चैत्रमा हेटौंडामा सडक नाटक देखाई सडक बहस गर्ने कार्यक्रम रहेको अनेरास्ववियु जिल्ला कमिटी मकवानपुर विशाल पौडेलले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif