Wednesday, 26th August, 2026
वि.स.

सार्वजनिक बिदा पुनरावलोकन: २६ दिन बिदा थपिदै

home-mstry1-1546509322.jpg

सरकारले सार्वजनिक बिदामा पुनरावलोकन गर्दै २६ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद बैठकले हालै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठन गरेको बिदा पुनरावलोकन समितिले २६ दिन सार्वजनिक बिदा थप गर्ने सिफारिस गर्ने तयारी गरेको छ । गृह स्रोतका अनुसार आज बसेको समितिको बैठकले यसअघि काटिएका जनैपुर्णिमा, छठ, माघेसंक्रान्ति, लोसार, इद, क्रिसमस जस्ता पर्वमा समेत अब पूर्ण बिदा दिने तयारी गरेको छ ।

पुनरावलोकन समितिले यसअघि सम्बन्धित जाति, बर्गलाई दिने भनिएको बिदालाई पूर्ण बिदा गर्ने तयारी गरेको बताइएको छ ।  यसअघि गत चैत्र १४ गतेको मन्त्रीपरिषद बैठकले अघि दिदै आएका गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, पृथिवी जयन्ती, घटस्थापना, फूलपाती, कोजाग्रत पुर्णिमा, द्वादशी, रामनवमी, जनैपुर्णिमा, कृष्ण जन्माष्टमी, लोकतन्त्र दिवस र शहिद दिवसमा दिईने बिदा कटौती गरेको थियो ।

सो अनिर्णय अनुसार अहिले नेपालभर वर्षभरी ५२ वटा शनिबार र अन्य १६ दिन सार्वजनिक विदासहित राष्ट्रव्यापी रुपमा ६७ दिनमात्र विदा रहेका छन् । अन्य पर्वहरुमा आंशिक विदा हुदै आएको छ । आमरुपमा व्यापक विरोध भएपछि सरकारले आउदो क्यालेन्डर देखि लागु हुने गरी बिदा पुनरावलोकन गर्न लागेको हो । समितिको सिफारिसलाई मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्ने छ ।

-खरीबोटबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif