Monday, 24th August, 2026
वि.स.

सामूहिक कुटाइबाट गम्भीर घाइते भएका पाख्रीनको उपचारको क्रममा मृत्यु, फरार डिम्दुङ पक्राउ

मकवानपुरको इन्द्रसरोवरमा सामुहिक कुटपिटबाट गम्भिर घाईते भएका जितबहादुर पाख्रीनको आज आइतबार मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं ४ फाखेलका ४० वर्षीय पाख्रीन सामुहिक कुटपिटबाट गम्भीर घाइते भएपछि ललितपुरस्थित स्टार अस्पतालमा उपचाररत थिए ।

लेनदेनको विषयमा पाख्रिनलाई उनकै छिमेकी ३२ वर्षीय प्रदिप डिम्दुङ सहित भक्त बहादुर गोलेको समूहले चैत्र १६ गते कुटपिट गरेको जनाएको छ । छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रदिप डिम्दुङलाई प्रहरीले पक्राउ गरेको मकवानपुर प्रहरीका सुचना अधिकारी सुजन पाठकले बताए । उनलाई शनिबार राति फाखेल प्रहरीले पक्राउ गरेको जनाइएको छ । अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि फरार रहेको डिम्दुङलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । घटनामा संलग्न अन्यको खोजि भइरहेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०