Monday, 24th August, 2026
वि.स.

सरकारको ९ बुंदे निर्देशन: चैत मसान्तसम्मको साँवा र व्याज तिर्नु नतिर्नू

चैत मसान्तसम्मको बैंकिङ कर्जा र व्याज असुली स्थगन गर्न सरकारले निर्देशन दिएको छ।

अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको अवस्था ठप्प भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि यस्तो व्यबस्था गरिएको जनाइएको छ ।

जसअनुसार बैंकिङ तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको भाका सर्ने भएको हो । साथै साँवा तथा ब्याज चैत मसान्तसम्म तिर्नु नपर्ने भएको हो ।

बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कर्जाको वर्गिकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैङ्कले आवश्यक व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

यसैबीच बैंकको काउन्टरमा आउने ग्राहकलाई वितरण गर्ने नोटलाई संक्रमणरहित बनाएर मात्र वितरण गर्न पनि आग्रह गरिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०