Saturday, 22nd August, 2026
वि.स.

शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन

teacher-1602086247.jpg

सरकारले शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिको लागि लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।  गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्तिको लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।  

शिक्षक सेवा आयोगको अध्यक्ष र एक महिलासहित अन्य दुई जना सदस्यहरूको नियुक्तिका लागि लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरिने छ ।  यसअघि शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरिएको थियो।  शिक्षा ऐनमा भएको सातौँ संशोधनमा आयोगमा १ अध्यक्ष र २ जना सदस्य(एक महिला) गरी ३ सदस्यीय आयोग गठन हुने प्रावधान छ ।  

लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहने तीन सदस्यीय समितिको सिफारिसमा नेपाल सरकारले आयोगका पदाधिकारीहरूको नियुक्ति ५ वर्षका लागि गर्ने व्यवस्था शिक्षा ऐनमा छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif