nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वैकल्पिक विधिबाट कक्षा १२ काे परीक्षा लिन सुझाव

कक्षा १२ को स्थगित परीक्षाको दीर्घकालीन रूपमा निकास दिन उपयुक्त हुने सुझाव दिइएको छ । परीक्षा दुई–दुई पटक स्थगित गरिएको र अझै पनि भौतिक रूपमा परीक्षा हुन कठिनाइ हुनसक्ने भएकाले विकल्प दिएर परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने अभिभावकको सुझाव छ । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थिति तथा अनलाइन विधिबाट सञ्चालन गर्नुपर्ने बताए । लामो समय परीक्षाबारे अन्योल हुनुभन्दा दुवै विधिबाट परीक्षा सञ्चालन गरेर निकास दिनुपर्ने उनको जोड छ ।

उनले विद्यालयमा कक्षा ११ को परीक्षा सञ्चालन हुने, विश्वविद्यालयको उच्च शिक्षाका परीक्षा पनि नियमित हुने तर कक्षा १२ को मात्र परीक्षा स्थगित गर्नुभन्दा विकल्प दिनुपर्ने बताए ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापाले वैकल्पिक विधिको माध्यमबाट कक्षा १२ को परीक्षा अघि बढाउनुपर्ने बताए ।

उनले यसका लागि सम्भव भएका जिल्लामा भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने, विगतको मूल्याङ्कनका आधारमा आन्तरिक मूल्याङ्कन गर्ने वा प्रविधिको माध्यमबाट परीक्षा लिनसक्ने तीन विकल्प रहेको बताए ।

उनले परीक्षा लामो समय अझै नहुने अवस्था देखिएमा वैकल्पिक विधिबाट अघि बढ्नुपर्ने सुझाव दिँदै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ११ को परीक्षासमेत आन्तरिक मूल्याङ्कनको माध्यमबाट गरिएकाले कक्षा १२ को परीक्षाको गुणस्तर कायम गर्नुपर्ने बताए ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि वैकल्पिक विधिको बहस प्रारम्भ नगरिने र केही साता प्रतीक्षा गरिने जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षाका लागि केही साता कुर्नुपर्ने अवस्था रहेको बताए । सरकारले भदौ मध्यपछि कोरोना भाइरसको सङ्क्रमण घट्ने आकलन गरेको भन्दै उहाँले त्यसपछि परीक्षा सञ्चालन गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । गाेरखापत्रबाट