Monday, 24th August, 2026
वि.स.

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि हेर्नुहोस् रिपोर्टसहित

वीरगंजका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ। पहिलोपोस्टले प्राप्त गरेको उनको परीक्षणको रिपोर्टमा प्रस्ट लेखिएको छ - 2019-nCoV नेगेटिभ।

आइसीएमआर - राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्स, पटनामा उनको स्वाब टेस्ट गरिएको थियो। पीएमसीएच पटनाबाट उनको स्वाब परीक्षणका लागि उक्त ल्याबमा पठाइएको थियो।

मार्च २० मा उनको स्वाब पठाइएको थियो। त्यसको आज रिपोर्ट आएको हो। उनको रिपोर्ट 2019-nCoV मा नेगेटिभ देखिँदा वीरगंजबाट भने एक सरकारी अधिकारीले नै टेस्ट पोजेटिभ देखिएको हल्ला फिँजाएका थिए। त्यसैका आधारमा रुंगटाको रिपोर्टमा कोरोनाभाइरस पोजेटिभ देखिएको समाचारहरु सार्वजनिक भएका थिए।

रुंगटाको अस्पतालको रिपोर्ट सार्वजनिक, प्रस्ट लेखिएको छ 2019-nCoV नेगेटिभ



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०