Monday, 24th August, 2026
वि.स.

विभाग र स्व‍ास्थ्य मन्त्रालयको सूचना अलमलमा स्वास्थ्यकर्मी

 स्वास्थ्यकर्मीलाई बिदा दिने/नदिने विषयमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले फरक-फरक निर्देशनका कारण स्वास्थ्यकर्मी अलमलमा छन् । कोरोना भाइरस (कोभिड –१९) गत १५ चैतमा विभागले सूचना जारी गर्दै अस्पतालमा कार्यरत कर्मचारीलाई इन्फ्लुएन्जाको लक्षण देखिएमा १० दिन वा सन्‍चो नहुदाँसम्म बिदा दिन आग्रह गरेको थियो । 

महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको परिपत्रमा मधुमेह, उच्च रक्तचाप दम, श्वासप्रश्वासमा समस्या भएका सुत्केरी तथा गर्भवती कर्मचारीहरुलाई कोभिड – १९ को शंकास्पद बिरामीको प्रत्यक्ष उपचार तथा व्यवस्थापनमा नखटाउन देशभरका अस्पतालहरुलाई निर्देशन दिइएको थियो। तर बिहीबार (चैत २० गते) विभागको सूचनाको कार्यान्वयन नगर्नु भन्दै स्वास्थ्य मन्त्रालयले अर्को सूचना जारी गरेको छ।

सूचनामा लेखिएको छ ‘कोभिड–१९ को विश्वव्यापी गम्भीर बनाएको आजको विश्वव्यापी गम्भीर परिस्थितिमा देशभरका स्वास्थ्य सेवाहरुलाई सुचारु गर्नका लागि कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोडी नियमित रुपमा काममा उपस्थित हुनुपर्छ।’ मन्त्रालयद्धारा जारी सूचनामा दीर्घ रोगी, गर्भवती एवं सुत्केरी महिलाहरुले समेत बिदा नपाइने उल्लेख छ।

विश्व स्वास्थ्य संगठनले दीर्घरोगी, गर्भवती एवं सुत्केरी महिलालाई कोरोनाको जोखिम हुने सक्ने बताउँदै आएको छ।

 

 

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०