Sunday, 30th August, 2026
वि.स.

विप्लव समूहका नेता हतियारसहित पक्राउ

मोरङ प्रहरीले विप्लव समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुखलाई पक्राउ गरेको छ ।

४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई मंगलबार उर्लाबारी नगरपालिका-३ स्थित घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

बोहराका साथबाट एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली, डेटोनेटर र सकेट बम बरामद भएको प्रहरीले जनाएको छ ।

उनका साथबाट पूर्व लडाकु लेखिएको एक थान छापसहितका सामाग्री समेत बरामद भएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०