Sunday, 30th August, 2026
वि.स.

विप्लव मकवानपुरका सचिवालय सदस्य गौतमले पार्टी परित्याग गरे

नेकपा विप्लव मकवानपुरका सचिवालय सदस्य एवम् पुर्वी मकवानपुर ईन्चार्ज प्रलाद गौतमले पार्टी परित्याग गरेका छ्न ।

विद्यार्थी राजनीति बाट सुरु गरेको राजनैतिक जीवन संगै आज बाट नेकपा विप्लव पार्टी छाडेको एक बिज्ञप्ति सार्वजनिक गर्दै आफुले पार्टी परित्याग गरेको जानकारी दिए। राजनीति जिवनबाट अब आम सर्वसाधारण जनताको जिबन झै बाकी जीवन बिताउने उनको भनााइ छ  ।

राजनैतिक क्रियाकलापमा निष्क्रिय रहेर घर घरायसी जिवम बिताइरहेका गौतम गत आइतबार आफ्नै निवासमा सुतिरहेको बेला प्रहरीले पक्राउ गरेको थियो । यसैगरि, गत असार २४ गते ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटीएको प्रहरी टोलीले हाँडिखोला बस्ने ३२ वर्षीय सोनाम लामा भन्ने सोनम सिंह बललाई पक्राउ गरेको छ ।

गौतम पार्टीका मकवानपुर जिल्ला समितिको सचिवालय सदस्य हुन् भने बल जिल्ला अध्यक्ष रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०