krishi-4-1744105937.jpg
Sunday, 20th April, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

विनयबाबु स्मृति प्रतिष्ठान र बज्रवाराही मावि मकवानपुर जिल्लास्तरीय भलिबलको फाइनलमा

मकवानपुर थाहानगरको चित्लाङ माझ गाउँमा जारी जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनलमा थाहानगर पालुङको विनयबाबु स्मृति प्रतिष्ठान र बज्रवाराही मावि प्रवेश गरेको छ। विनयबाबु स्मृति प्रतिष्ठान पालुङले देशकुमारी युवाक्लब चित्लाङलाई ३–१ सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै बज्रवाराही मावि ‘ए’ले बज्रवाराही मावि ‘बी’ लाई ३–१ सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । 

प्रतियोगिता अन्तर्गत १ माघमा बज्रवाराही मावि ‘बी’ र देशकुमारी बीच तेस्रो स्थानको लागि विहान ११ बजे र फाइनल खेल विनयबाबु स्मृति प्रतिष्ठान र बज्रवाराही मावि ‘ए’ बीच दिउँसो १ बजे हुने आयोजकले बताएको छ । स्वच्छन्द भैरव युवा क्ल्बको आयोजनामा भएको प्रतियोगितामा विभिन्न १३ टिमको सहभागिता रहेको थियो । 

प्रतियोगिताको प्रथम टिमलाई ४० हजार, दोस्रोलाई २० र तेस्रो हुनेलाई १० हजार शिल्ड मेडल तथा प्रमाणपत्रहरु रहेको थियो ।  
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०