Sunday, 23rd August, 2026
वि.स.

विदेशमा कार्यरत नेपाली कोरोना सङ्क्रमितमध्ये ९२ प्रतिशत निको

nrna-1594537789.jpg

 विदेशमा कार्यरत नेपालीमा कोरोना भाइरसको सङ्क्रमणदर उल्लेख्य रुपमा घटेको छ ।

अघिल्लो साताको तुलनामा यो साता नयाँ कोरोना सङ्क्रमित घटेको र निको हुने नेपालीको सङ्ख्या बढेको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका अनुसार कोराना सङ्क्रमितमध्ये ९२ प्रतिशत नेपालीहरु निको भएका छन् ।

हिजो शनिबार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २७ हजार ३ सय ६२ जना नेपाली सङ्क्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा कोरोना सङ्क्रमण दर सामान्य रुपमा बढेको छ ।

यसअघि गएको सातासम्म १४ देशमा १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको छ । यो साता कोही पनि नेपालीको कोरोनाको कारण ज्यान गएको छैन ।
मध्यपूर्वका देशबाहेक अन्य देशमा कोरोना सङ्क्रमणको जोखिम रहेकोप्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरुलाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०