Thursday, 27th August, 2026
वि.स.

वातावरण सम्बन्धी जनचेतना अभिबृद्धी तालिम 

Batabaran-Training-1561943072.JPG


वातावरण सम्बन्धी जनचेतना अभिबृद्धी गर्न स्थानीय तहको क्षमता अभिबृद्धी तालिम मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ४, फाखेलमा भएको छ । प्रदेश ३ को बन निर्देशनालयले आयोजना गरेको तालिम नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ सहयोग कार्यक्रम अन्तरगत आयोजना गरिएको हो ।

कार्यक्रममा बन निर्देशनालय हेटौंडाका रेञ्जर बद्री ढुङ्गानाले वातावरण जनचेतनाको सिद्धान्त, वातावरण सम्बन्धी शब्दावली, कानूनी व्यवस्था, वातावरण परिवर्तन गराउने तत्वहरु, प्रभाव र न्यूनिकरणका उपायहरु लगायतबारे सहजिकरण गरेका थिए ।

ईन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष धनवीर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु चन्द्रकुमार बल, मञ्जु रुम्बा, सावित्री सुनार, भीमबहादुर मोक्तान लगायतको आतिथ्य रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif