Monday, 17th August, 2026
वि.स.

वक्तृत्वकला गरि इन्द्रसरोवरमा महिला दिवस मनाइयो

IMG_4322-1583423480.JPG

इन्द्रसरोवरमा आज “व्यवहारमा महिला अधिकार” विषयमा बोल्दै महिला दिवस मनाइएको छ । इन्द्रसरोवर गाउँपालिकाको विभिन्न सहकारीहरुमा आवद्ध महिलाहरुले व्यवहारमा अनुभूति गरेको महिला अधिकारको बारेमा वक्तव्य प्रस्तुत गर्दै दिवस मनाएको हो । इन्द्रसरोवर गाउँपालिकाको खानीखेतमा १ सय १० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित “व्यवहारमा महिला अधिकार” विषयक वक्तृत्वकला प्रतियोगितामा महिलाहरुले आ–आफ्ना भनाईहरु प्रस्तुत गरेका थिए । 

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले कार्यक्रममा महिलाहरुले वक्तृत्वकला प्रस्तुत गर्नुले महिलाहरुले केही गर्न सक्दैन भन्नेर सोच्ने समाजको लागि ठुलै चट्टानी शब्द प्रस्तुत भएको भन्दै वक्ताहरुलाई सम्मान प्रकट गर्नुभयो ।
इन्द्रसरोवर गाउँपालिका महिला विकास शाखाको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगिताबाट संरचना पुडासैनी प्रथम, विमला शाही द्वितिय र रश्मी लामा तृतिय हुनु भएको छ । प्रतियोगिताबाट प्रथम, द्वितिय र तृतियले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रथम

द्वितिय

तृतिय



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Thaha-002-1774415222.gif