Wednesday, 26th August, 2026
वि.स.

लामा हत्यामा संलग्न थाहानगरका विष्टलाई जन्मकैद

ज्यान मुद्दा लागेका थाहा नगरपालिका वडा ३ घर्तिखोलाका ३९ वर्षिय  आशिष भन्ने ईश्वर विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

२०६१ माघ ७ गते हेटौंडा २ चौकीटोलका कमल लामाको छोरा बिरोज लामा हिउँ खेल्न भनी सिमभन्ज्याङ गएकोमा दिन कुटपिट गरी मारेर फरार रहेको सूचीमा रहेका विष्टलाई २८ माघमा प्रहरीले पक्राउ गरेको हो । विष्ठलाई २०६७ असार २० गते जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौंडाले ०६७ पुष २० गते कर्तव्य ज्यान मुद्दामा जन्म कैद (२० वर्ष) सजाय तोकीएको थियो । उनी फरार रहेका थिए ।

उनलाई ईलाका प्रहरी कार्यालय पालुङ खटिएको प्रहरी टोलिले थाहा नगरपालिका ३ शिखरकोट बजारबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

उनलाई कैद भुक्तानको लागि भीमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif