Friday, 26th June, 2026
वि.स.

रेडियो सन्देश प्रशारण आरम्भ, समुदायको आवाज समेट्ने प्रयास गर्ने प्रतिबद्धता

सामुदायिक सञ्चार समुह सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६।९ मेगाहर्ज प्रशारण आरम्भ भएको छ । सुचना तथा सञ्चार मन्त्रालयमा ९५०-०७३/०७४ दर्ता भएको रेडियो सन्देश असोज १ गतेदेखी अनलाईन मार्फत प्रशारणमा आएको थियो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार ९बुद्ध चोक० बाट रेडियो प्रशारणको आरम्भ भएको छ । 

रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको साथ समुदायको आवाज समेट्ने प्रयास गर्ने सामुदायिक सञ्चार समुह ९रेडियो सन्देश १०६।९ मेगाहर्ज० का अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।  बिल्कुलै नयाँ ढंगले रेडियो सञ्चालन गरिने खड्काको दाबी छ । रेडियो ले ताजा सन्देश अनि पुर्ण मनोरञ्जन दिनुका साथैं आवाजको दुनियाँमा एउटा पृथक पहिचान बनाउने उधेश्य रहेको अध्यक्ष खड्काले बताए ।  

रेडियो दैंनिक बिहान ५ बजेदेखी राती ११ बजेसम्म १८ घण्टा प्रशारण हुने बताइएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०