Sunday, 30th August, 2026
वि.स.

रुघाखोकी र कोरोना भाइरसको लक्षणमा फरक

corona-1584511689.jpg

समय परिवर्तनसँगै अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ । मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ? मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्छ । तर कोरोनाको सङ्क्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ । मौसमी फ्लु हुँदा दुईरचार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ । फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चाररपाँच दिनको फरकमा सर्छ ।

कोरोना भएमा कस्तो लक्षण देखिन्छ ?

– रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने

– निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने

– श्वास लिँदा धेरै बल लगाउनुपर्ने

 छातीमा गाह्रो हुने कस्तो अवस्थामा अस्पताल जाने ?

– सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन

– ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा

– ज्वरो निरन्तर आएमा

– श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा

– ज्यान धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा

 मधुमेह, मिर्गौला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

– फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने

– मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने

– सकभर स्वस्थ्य रहने

– प्रशस्त मात्रामा उमालेको पानी पिउने

 धेरै मात्रामा झोल पर्दाथ पिउने बिहानदेखि बेलुकासम्म के–के गर्ने ?

– सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने

– काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने

– स्यानिटाइजर नभए साबुन पानीले हात धुने

– शौचालय जाँदा र बाहिरबाट घर फर्केपछि २० सेकेण्ड मिचीमिची हात धुने

– बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने

– हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने

– लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने

– घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने

(वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डा। मिलन खड्कासँग विना न्यौपानेले गर्नुभएको कुराकानीमा आधारित )



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

corona-1584511691.jpg