Sunday, 30th August, 2026
वि.स.

रुकुम घटनाको विरोधमा विप्लव माओवादीको मकवानपुरमा प्रदर्शन

नेत्रविक्रम चन्द ‘विप्ल’ नेतृत्वको नेकपा माओवादी मकवानपुरले जिल्लाको तीन स्थानमा प्रदर्शन गरेको छ । 

रुकुम घटनाको विरोधमा विप्लव नेतृत्वको माओवादीले भिमफेदी गाउँपालिकाको अघोरमा पाटी जिल्ला सेक्रेटरी पासाङ, हेटौंडा चिसापानीमा अनिल र बकैया केसीचोकमा सरलको नेतृत्वमा प्रदर्शनी भएको सेक्रेटरी पासाङले बताए । 

उनीहरुले केपी ओली नेतृत्वको सरकारले कोरोना भाइरस नियन्त्रणमा उल्लेख्य काम नसकेको, जातिय छुवाछुत विरुद्ध नभएको लगाययतको नारा समेत लगाएका थिए ।  

अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा सामुहिक हत्या भएको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०