nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रिय हितबारे प्रधानमन्त्रीलाई एमालेले सिकाउनु पर्दैनः वर्षमान

२६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा विवादित विषयमा बहस नगर्ने बताएका छन् ।

केही दलहरुले प्रधानमन्त्रीको भ्रमणको विषयमा अराजनीतिक ढंगले कूटनीतिक सिद्धान्त विपरित बहस थालेको भन्दै असन्तुष्टि जनाए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले भने, ‘एमालेले यसो गर्नुहोस्, उसो गर्नुहोस भन्न मिल्दैन ।’

सार्वभौमसत्तासम्पन्न संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रिय हित र स्वार्थ राम्रोसँग थाहा भएको बताउँदै उनले भने, ‘हुन त पार्टीको आफ्नै नीति र अवधारणा हुनसक्छ । तर, प्रधानमन्त्रीलाई कसैले पनि राष्ट्रिय हित र स्वार्थको बारेमा पाठ नपढाए हुन्छ ।’

माओवादी नेता पुनले प्रधानमन्त्रीको भारत भ्रमण द्धिपक्षीय हितमा केन्दि्रत हुने दाबी गरे । विगि्रएको नेपाल-भारत सम्बन्धलाई विश्वासमा लिने, दुईदेशीय आयोजनाहरुलाई पूर्णता दिने, भूकम्पपछिको पूर्ननिर्माणमा भारतले गर्न सक्ने थप सहयोगबारे विशेष कुरा गर्ने प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा भएको उनले बताए ।

कार्यक्रममा कांग्रेस नेता डा. नारायण खड्काले प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर वाहियात बहस चलाइएको आरोप लगाए । उनले अघि थपे, ‘भारतको भूतले हामीलाई ग्रस्त बनाएको छ, भ्रमणको विषयमा किन यसरी चर्चा चलाइएको हो मैले बुझ्न सकेको छैन ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो गर त्यो गर भनेर प्रधानमन्त्रीलाई भनेको उल्लेख गर्दै कांग्रेस नेता खड्काले भने, ‘यो सरकार सार्वभौमसत्तासम्पन्नसंसदबाट निर्वाचित सरकार हो, हिजो ओलीजीले जे गर्‍यो प्रचण्ड सरकारले त्यही गर्ने हो भने किन सरकार परिवर्तन गर्नुपर्‍यो ?’ भारत नेपालको असल मित्र भएको उजनले बताए ।

पूर्वमन्त्री समेत रहेका खड्काले सरकारले चाहृयो भने नीति तथा कार्यक्रम नै ल्याउन सक्ने भन्दै कोही भीमबहादुर वा रामबहादुर उपि|mँदैमा केही नहुने बताए ।

फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्धलाई विश्वासको आधारमा अगाढि बढाउन सुझाव दिए । उनले भने ‘नेपाल र भारत बिचको सुमधुर सम्बन्ध नै नेपाल र नेपाली जनताको हितमा छ, जतिनै राम्रो सम्बन्ध हुन्छ, त्यति नै फाइदा हुन्छ ।”

अहिले पनि केहीमा भारतलाई हेर्ने दृष्टिकोणमा प्रतिगामी र आग्रहजन्य धार रहेको उनको धारणा थियो ।

संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले प्रधानमन्त्रीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न केन्दि्रत हुनुपर्ने बताए ।