Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आहृवान

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न दलहरुलाई आहृवान गरेको छ । आयोगको १३ पौष बसेको बैठकले दल दर्ताका लागि १५ दिनको समय दिने निर्णय गरेको छ ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ’ आयोगले भनेको छ ।