Thursday, 20th August, 2026
वि.स.

राप्रपाले मन्त्री गिरीलाई फिर्ता बोलायो

राप्रपा नेपालले देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएको छ । शहरी विकास मन्त्री दिलनाथ गिरीलाई फिर्ता बोलाएको राप्रपाले जनाएको छ ।

मन्त्री गिरीलाई फिर्ता बोलाएको जानकारी राप्रपाले १४ पौषमा विज्ञप्ती मार्फत जनाएको हो ।

यसकारण फिर्ता बोलाइए गिरी

राप्रपाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा आफैंले प्रधानमन्त्री कार्यालयमा पत्र बुझाएका छन् । सम्वन्धित दलले सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न सक्नेछन् ।

१३ पौषमा मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री थापा र मन्त्री गिरीबीच चर्काचर्की भएको थियो । थापाले बेठकमा गिरीको राजीनामा मागेका थिए । तर, उनले आफूले प्रधानमन्त्रीलाई राजीनामा दिने हो भनेका थिए ।

थापाले १४ पौषमा नै पार्टीको बैठक राखेर गिरीलाई हटाउनेबारे छलफल गरेको एक नेताले बताए ।

यस्तो छ विज्ञप्ती:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif