Friday, 28th August, 2026
वि.स.

राक्सिराङमा ७० नाघेकालाई घरैमा स्वास्थ्य सेवा

raksirang-1609659151.jpg

मकवानपुरको राक्सिराङ गाउँपालिकाले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा ‘आमाबुबा बचाउ स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरेको छ ।

चेपाङ बाहुल्य राक्सिराङमा चिकित्सक नियुक्त गरेर ७० वर्ष उमेर पार गरेका वृद्धवृद्धालाई घरमै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराउन थालिएको हो ।

शुक्रबार राक्सिराङ–८ देवीटारबाट कार्यक्रमको सुरुवात भएको हो । ७० वर्ष कटेका स्थानीय बासिन्दालाई घरमै पुगेर निःशुल्क उपचार सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । आर्थिक अवस्था कमजोर भएकै कारण सामान्य रोगको उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने अवस्थालाई कार्यक्रमले न्यूनीकरण गर्ने उनको भनाइ छ ।

प्रतिष्ठानका चिकित्सकसँग प्रत्यक्ष सम्पर्क गरी बिरामीको उपचार गरिने उद्देश्यअनुरूप सम्झौता गरिएको हो । कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले एमबीबीएस चिकित्सक नियुक्त गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०