Wednesday, 2nd September, 2026
वि.स.

म नभएको भए हेटौंडाबाट राजधानी सरिसक्थ्यो : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरेका छन् ।  उनले आफू मुख्यमन्त्री नभएको भए हेटौंडामा प्रदेशसभाको पहिलो बैठक भन्दा नबस्ने भन्दै अब स्थायी हुन् पक्का भएको जिकिर गरे ।

‘म मुख्यमन्त्री नभएको भए एक दिन बैठक बसेर राजधानी जान्थ्यो, मै भएको भएर राजधानी हेटौंडामै १५ महिना रहयो अब स्थायी बन्छ’ उनले भने  । मंगलबार हेटौंडा एफएमको १४ औं वार्षिक उत्सवमा उनले प्रदेश सरकारले काम गर्न सकेन भन्नु गलत भएको बताए । उनले प्रदेश सरकार बाटो बनाउँदै दौडने तयारीमा रहेको भन्दै अब स्थायी मानसिकताका साथ सरकारको काम देखिने दावी गरे ।

प्रदेश सरकारले सोचेको भन्दा धेरै काम गरेको भन्दै मुख्यमन्त्री पौडेलले कसैले काम भएको छैन भनेमा आफू जवाफ दिन तयार रहेको बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif