Monday, 24th August, 2026
वि.स.

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

कान्तिलोकपथअन्तर्गत हेटौंडा उपमहानगरपालिका ७ न्युरेनीमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका—४ का कमलडाँडाका ६२ वर्षीय जीतबहादुर थापा रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका—६ चौघडाबाट हेटौंडा बजारतर्फ आउने क्रममा ना १२ प ५७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिएर थापा घाइते भएका थिए । घाइते थापाको हेटौंडा अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०