Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास

प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश गरेको अवसरमा गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले स्तम्भको शिलान्यास गरेका हुन् । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशले भर्खरै संघियताको पुर्ण रुपमा कार्यन्वयन गरेको भन्दै अव राजधानीको विषयमा विवाद नगर्न आग्रह गरेका छन् । उनले राजधानी बदल्ने विषय निकै गम्भिर र धेरै प्रक्रियाको विषय रहेको भन्दै यो विषयमा हतार नगर्न आग्रह समेत गरे । 

मुख्यमन्त्री पौडेलले आफ्नो भुमिका सबैलाई सम्मान गर्ने र निरन्तर काम गर्दै जनताको विश्वास जित्ने भएको बताए । आफु गर्न सक्ने कुरा मात्र बोल्ने र बोलेको कुरा कुनैपनि हालतमा पुरा गर्ने स्वभावको ब्यक्ति भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश नंबर ३ को सबै श्रोतलाई भरपुर प्रयोग गरि समृद्ध प्रदेश निर्माणको लागि प्रदेश सरकार लागि पर्ने बताए । 

श्रोतको पहिचार र परिचालन ठिक ढंगबाट गर्नसके प्रदेश नंबर ३ को विकास चाँडै हुने भन्दै धुलिखेल नगरपालिकालाई प्रदेश नंबर ३ को उत्कृष्ट नगर बनाउनको लागि सबैलाई लाग्न आग्रह गरे । धुलिखेल धेरै संभावना भएको नगर रहेको भन्दै उनले प्रदेश सरकारबाट पनि धुलिखेलको विकासको लागि सहयोग हुने घोषणा ब्यक्त गरे । 

कार्यक्रम धुलीखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यञ्ज श्रेष्ठको अध्यक्षतामा भएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०