Tuesday, 1st September, 2026
वि.स.

मुख्यमन्त्री पौडेलको सफल एनजिओप्लाष्ट

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सोमबार सफल रुपमा एनजिओप्लाष्ट गरिएको छ। मुटुको नियमित परीक्षणका लागि काठमाडाैंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको आइतबार एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणिअधिकारीको टोलीले उनको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। पौडेललाई अहिले आइसियु कक्षमा राखिएको छ भने उनको उपचारमा २० मिनेट समय लागेको थियो। डा. अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ।

अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको मुख्यमन्त्रीका सचिवालयले जानकारी दिएको छ। यद्यपि जेठ २४ र २५ गते हेटौंडामा हुने प्रदेश समन्वय परिषदको बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुने सचिवालयको भनाई छ। पौडेल उच्च रक्तचाप तथा मधुमेहबाट पनि पीडित छन्। उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif