Tuesday, 1st September, 2026
वि.स.

महिला सञ्जाल गठनप्रति महिला संघको आपत्ति

थाहा नगरपालिकामा गत असार ३ गते पुनर्गठित नगरस्तरीय अन्तरपार्टी महिला सञ्जालमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट महिला संघको एकलौटी भएको भन्दै नेपाली काँग्रेस निकट महिला संघले आपत्ति जनाएको छ । 
शनिबार थाहास्थित पार्टी कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेस निकट नेपाल महिला संघ थाहा नगर समितिले सञ्जाललाई  राजनीतिक रुपमा एकलौटी ढंगले सञ्चालन गर्न खोजेको भन्दै आपत्ति जनाएको हो ।
महिला संघले सञ्जालको भावनाविपरित गठन गरिएको भन्दै उक्त समिति भंग गर्नुपर्ने समेत माग गरेको छ । पत्रकार सम्मेलनमा संघको थाहा नगर समितिकी सभापति इश्वरी सिं ठकुरीले सञ्जाल पुनर्गठन गर्दा पुनर्गठित समितिमा पछिल्लो सञ्जालको उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउनु पर्ने बताइन् । सो अवसरमा महिला संघले जारी गरेको प्रेस विज्ञप्तीसमेत पढेर सुनाइएको थियो । 
विज्ञप्तीमा गठित सञ्जालको समिति भंग नगरिए अन्य कदमहरु चाल्ने चेतावनीसमेत दिइएको छ । महिला सञ्जाल गठनका लागि स्थानीय सरकारले विनियोजन गरेको रकमसमेत निकासा नगर्न महिला संघले विज्ञप्तीमार्फत् स्थानीय सरकारलाई अनुरोध गरेको छ । 
कार्यक्रममा नेपाली काँग्रेस थाहा नगर कार्यसमिति सभापति योगेन्द्रमान श्रेष्ठ, जिल्ला समिति सदस्यहरु खड्गबहादुर गोपाली, कृष्णभक्त श्रेष्ठ, राजभाइ गोपाली, नगर उपसभापति भरत गोपाली, नेपाल महिला संघ नगर सचिब राममाया केसी, भवानी प्रधान लगायत उपस्थित थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif