Thursday, 27th August, 2026
वि.स.

महालक्ष्मी पालुङ शाखाले दियो घरमै पुगेर बीमा रकम

थाहा नगरपालिका वडा नं. २ सोल्टूका रविन्द्र थापालाई बैंक बीमा अन्तर्गतको  ५५ हजार रुपियाँ हस्तान्तरण गरिएको छ ।
 
थापाको आमा हिरा थापाको स्वर्गारोहणपछिको बीमा रकम रविन्द्र्रले पाएका हुन् । महालक्ष्मी विकास बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच भएको सम्झौता बमोजिम रविन्द्रले रकम पाएका हुन् । पालुङ सोल्टूमा थापाकै घरमा महालक्ष्मी विकास बैंक पालुङ शाखाकी प्रबन्धक संगिता बज्रचार्यको नेतृत्वमा गएको बैंको टोलीले उक्त मृत्यू हकदाबी रकमको चेक हस्तान्तरण गरिएको हो । 

समूहका सदस्यहरु सहितको उपस्थिती रहेको चेक हस्तान्तरण कार्यक्रममा मृतक थापा प्रति मौन धारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif