Friday, 21st August, 2026
वि.स.

मन्त्री स्थापित भन्छन् यसरी अघि बढाइन्छ २५ मीटर सडक

sTHApit-1518571030.jpg

प्रदेश नंबर ३ का नवनिर्वाचित भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापीतले सडक फराकिलो पार्ने सरकारको कामलाई निरत्नरता दिने बताएका छन् ।  मन्त्री स्थापितको यो अभिव्यक्ति पश्चात् फेरी त्रिभुवन राजपथको २५ मिटर सीमा चर्चामा आएको छ । 

स्थापीतले मन्त्री भएपछि पदभार प्रतिक्रिया दिदै सबैको सहमतिमा सडक फराकिलो पार्ने बताए । सडक भनेको सबैको लागि हुनुपर्ने भन्दै आफुहरु सहमतिमानै सडक फराकिलो पार्ने अभियानमा सक्रिय हुनुपर्ने उनको भनाइ थियो । सडक फराकिलो पार्ने विषयलाई महत्वपूर्ण विषयको रुपमा लिने स्थापितले बताए । 

स्थापीतले २५ मिटर फराकिलो पार्दा कसैलाई पिडा नुहेन भन्दै घुमौरो हिसावमा क्षतिपूर्ति समेत दिने बताएका छन् । उनले घर भत्कीएकाहरुलाई समेत मारमा नपार्ने बताएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif