Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरी गाउँपालिकामा खोप कार्यक्रम सुरु

manahari-gaupalika-1588319196.jpg

मकवानपुरको मनहरी गाउँपालिकाले खोप कार्यक्रम सुरु गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण दुई महिनादेखि रोकिएको खोप कार्यक्रम बिहीबारबाट सुरु गरेको हो ।

खोप कार्यक्रमसँगै गाउँपालिकाले साधारण उपचार सेवा, गर्भवती जाँच र परिवार नियोजन सम्बन्धी सेवा पनि घरदैलोमै पुगेर दिन सुरु गरेको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीले बिहीबार मनहरी गाउँपालिका–६ फरिबाङमा नियमित खोप कार्यक्रमसँगै साधारण स्वास्थ्य उचपार, गर्भवती जाँच र परिवार नियोजन सेवा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।त्यस्तै मनहरी गाउँपालिका–१, मकरीमा भने खोप सेवा मात्रै सञ्चालन गरिएको उनले जानकारी दिए ।

मनहरी गाउँपालिकाले स्वास्थ्य सेवा सुचारु गर्न गाउँपालिकाका २० जना स्वास्थ्यकर्मीलाई गाउँपालिकाकै एक विद्यालयमा क्वारेन्टाइन बनाएर राखेको छ । मनहरी गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य चौकीसहित ९ वटै वडामा स्वास्थ्य इकाई स्थापना गरिएको छ । मनहरी गाउँपालिकामा दुईजना मेडिकल अधिकृतसहित ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । कोभिड–१९ को संक्रमणको जोखिमका बेला खटिने स्वास्थ्यकर्मीलाई गाउँपालिकाले २५ देखि ५० प्रतिशतसम्म भत्ता दिने निर्णय समेत गरेको अध्यक्ष उप्रेतीले बताए।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०