Wednesday, 26th August, 2026
वि.स.

मनहरीमा खोलामा डुबेर सिर्जना मुक्तानको ज्यान गयो

मकवानपुरको मनहरीमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा अध्ययनरत मनहरी गाउँपालिका ७ लामाबस्तीकी १३ बर्षीया सिर्जना मुक्तानको प्याङचेभन्दा मुनि मनहरी खोलाले बगाएर मृत्यु भएको हो ।

उनी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् । गिटी बालुवा उत्खननका लागि एक्साभेटरले खाल्डो खनेको स्थानबाट बगेको पानीमा डुब्दा मुक्तानको ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

पौडी खेल्न गएका चारजना साथीहरुमध्ये १ जना हराएपछि साथीहरुले मुक्तानको घरमा खबर गरेका थिए । अभिभावक, प्रहरी र स्थानीयबासी मिलेर जमेको पानी निकास निकालेर खोज्दा सिर्जनाको शव देखिएको थियो । शबलाई स्थानीय र प्रहरीले पानीबाट निकालेका थिए । पानी खोलेर फालेपछि डुबेको अबस्थामा शब भेटिएपछि स्थानीयबासिन्दाहरु आक्रोशित भएका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बीरेन्द्र पनेरुले लाश निकालिएको र आवश्यक प्रक्रिया अघि बढेको जानकारी दिए । अहिले घटनास्थलमा भीड लागेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif