Wednesday, 26th August, 2026
वि.स.

मनहरीको सिमपानीमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

death-1600092818.jpg

मनहरी गाउँपालिका ८ सिमपानीमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा ६८ बर्षीय पुरुष रहेका छन् ।

दम लगायत रोगबाट पीडित उहाँ दुईदिनदेखि बिरामी हुनुहुन्थ्यो । अकस्मात सोमबार बिहान घरमै ढलेका उहाँको मृत्यु समेत भएपछि स्वाब संकलन गरी हेटौँडास्थित प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो । परिक्षणका क्रममा उनको स्वाबको नतिजा पोजेटिभ आएको मनहरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

उहाँसँगै मकवानपुरमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । मनहरी गाउँपालिकामा भने मृत्यु भएका ब्यक्तिमा कोरोना देखिएको यो पहिलो घटना हो ।

-मनहरीलाइभबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif