Friday, 28th August, 2026
वि.स.

मकवानपुरमा ४१ वटा केन्द्रबाट कोभिड विरुद्धको खोप लगाईने

khop-1615015724.jpg

कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत मकवानपुरमा ४१ वटा खोप केन्द्रबाट खाप सेवा प्रदान गरिने भएको छ । जिल्ला खोप समन्वय समिति मकवानपुरले आज पत्रकार सम्मेलन गरेर फागुन २३ गते (आईतबार) बाट सुरु हुने दोस्रो चरणको खोप अभियान अन्तरगत जिल्लाका ४१ केन्द्रबाट खोप केन्द्रबाट सेवा प्रदान गरिने जानकारी दिएको छ ।

दोस्रो चरणको खोप अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकामा ५ वटा, थाहा नगरपालिकामा ६ वटा, इन्द्रसरोवर र कैलाशमा ५, राक्सीराङमा भिफेदीमा, बैकया र बागमती गाँउपालिकामा ४/४ स्थान, तथा मनहरी र मकवानपुरगढीमा तीन/तीन वटा खोप केन्द्र रहेको समितिले जानकारी दिएको छ । ती खोप केन्द्रबाट ५५ वर्ष उमेरभन्दा माथीकालाई सेवा प्रदान गरिने समितिले जनाएको छ । मकवानपुरमा ५५ वर्ष भन्दा माथीका ५७ हजार एकसय एकले खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ । भने, ६५ वर्षभन्दा माथीका १७ हजार पाँचसयलाई खोप लगाईने लक्ष्य रहेको स्वास्थ्य कार्यालय हेटौंडाका प्रमुख प्रविण उपाध्यायले जानकारी दिए ।

गत महिना माघ १४ गतेदेखि फाल्गुन ९ गतेसम्म पहिलो चरणमा खोप अभियान सञ्चालन भएको थियो । जिल्लामा पाँच हजार सातसय १९ जना लक्ष्य रहेकोमा दुईहजार सातसय ७२ ले मात्रै खोप लगाएका थिए । पहिलो चरणमा दुईहजार दुईसय ७२ जना पूरुष र पाँचसय २३ जना महिला गरि लक्ष्यको ४८ प्रतिशतलेमात्रै खोप लगाएको उपाध्यायले जानकारी दिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif