nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, पहिलेका चुनावमा जस्तो देखिएन नागरिकमा उत्साह

matadan-matadata_YhOOiqdD-1668950376.jpg

४ मङ्सिर २०७९,आइतबार                      
                                                                                मकवानपुर जिल्लामा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको छ । मकवानपुरको दुइ वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभा क्षेत्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको हो । जिल्लाका कुनैपनि मतदान केन्द्रको निर्वाचनमा कुनैपनि समस्या नभएको र शान्तिपूर्ण ढंगले सम्पन्न भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले वताउनुभयो ।

जिल्लाको दश वटा स्थानीय तहमा पहिलेका चुनाबमा जस्तो मतदाताहरुमा त्यती उत्साह भने देखिएको छैन । गएको स्थानीय तहको चुनाबमा भन्दा कम मात्र मत खसेको मतदान अधिकृतहरुले वताएका छन् । मकवानपुरका मकवानपुर जिल्लामा ३ सय ६४ वटा मतदान केन्द्रबाट आज मतदान भएको हो ।

मतदान सकिएर सबैजसो मतदान केन्द्रहरुबाट मतपेटिका ल्याउने प्रक्रिया सुरु हुन लागेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले वताउनुभयो । मकवानपुरका धेरैजसो मतदान केन्द्रमा स्थानीय चुनाबमा जस्तो उत्साह नदेखिएको र त्यस अनुसार मत पनि नखसेको मतदान अधिकृतहरु वताउँछन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)