Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा राष्ट्रिय झण्डा जलाउने गायकलाई थुनामा पठाउन आदेश

MAK-1600094877.jpg

नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंले म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको हो ।

पक्राउ परेका मध्ये १५ हजार रुपैयाँ धरौटी लिएर अदालतले छाडेको छ । अन्य ५ जनालाई भने साधारण तारेखमा छाड्न आदेश भएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरले बताए । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले ३ भदौमा ९ जनालाई पक्राउ गरेको थियो । मङ्गोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएपछि व्यापक आलोचना भएको थियो । र, प्रहरीले भिडियोमा देखिएका गायकदेखि मोडल, एडिटरलगायतलाई पक्राउ परेको थियो ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ ।

युट्युवमा हालेलगत्तै गीतमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । सबैले गीतमाथि तत्काल कारबाही गर्न प्रहरीलाई आग्रह गरेका थिए । र्‍याप जनरामा गाइएको गीतको लिरिक्स र्‍यापर मंगोल ग्याल्ज ली एन्ड एटीएमले लेखेका थिए । गीत मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०