nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा मतगणना शुरु

IMG_20221121_143126-1669020499.jpg

मकवानपुर जिल्लाको दुुइ वटा प्रतिनिधीसभा, चार वटा प्रदेशसभा र समानुपातिकको पनि मतगणना सुरु भएको छ । हेटौंडाको शिद्धार्थ माध्यमिक बिद्यालयमा मतगणना भइरहेको हो । दुइ वटा प्रतिनिधीसभार चार वटा प्रदेशसभा र समानुपातिकको मतगणना एकैपटक सुरु गरेकाले चाडै मतपरिणाम आउन सक्ने आकलन गरिएको छ ।

अहिले मतपेटिकाबाट मतपत्र खन्याएर सटिङ गर्ने काम भइरहेको छ । केही बेरमा क्षेत्र नम्बर–१ को सुरुवाती गणनाको मत निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गर्ने छ । तारजाली भित्र मतगणना सुरु गरिएको छ । बाहिर भने उम्मेदवारका प्रतिनिधी राखिएको छ । निकै सुरक्षित तरिकाले मतगणना भइरहेको छ ।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी मतदान प्रक्रियामा जिल्लाका कुल मतदातामध्ये आधाभन्दा बढीले मतदान गरेका छन् । मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले ५९ प्रतिशत मत खसेको जानकारी दिए । २०७४ को निर्वाचनमा मकवानपुरबाट ६५ प्रतिशत खसेको थियो ।

मकवानपुरमा ३ लाख ७ हजार ३३ मतदाता छन् । जसमा १ लाख ५३ हजार ५ सय २८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना छन् । तर, कुल मतदाताको आधाले मात्रै मतदान गरेका हुन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)