nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा मतगणनाको तयारी, सूचना प्रवाह ‘वानडोर सिस्टम’बाट

Siddhartha-Mavi-Hetauda-7-1669009413.jpg

५ मङ्सिर २०७९,सोमबार                                              मकवानपुर क्षेत्र नम्बर २ को मतगणनाको तयारी गरिएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले सर्वदलीय बैठक सम्पन्न भएको र ११ बजेदेखि मतगणना सुरु हुने जानकारी दिए । हेटौंडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माविमा मतगणना गरिने छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैपटक गरिने छ । एकैपटकमा १० स्थानमा मतगणना गर्ने तयारी भएकाे सहायक निर्वाचन अधिकृत तिर्थराज भट्टराइले बताए । मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ । एक साता भित्रमा सबै नतिजा आइसक्ने उनले बताए ।

मतगणनाको नतिजाको विवरण संकलनका लागि सूचना डेस्कको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलका अनुसार मतपरिणामको जानकारी दिन आधिकारिक व्यक्ति तोकिएको र ‘वान डोर सिस्टम’बाट मात्र सूचना प्रवाह हुनेछ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)