Wednesday, 19th August, 2026
वि.स.

मकवानपुरमा मतगणनाको तयारी, सूचना प्रवाह ‘वानडोर सिस्टम’बाट

Siddhartha-Mavi-Hetauda-7-1669009413.jpg

५ मङ्सिर २०७९,सोमबार                                              मकवानपुर क्षेत्र नम्बर २ को मतगणनाको तयारी गरिएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले सर्वदलीय बैठक सम्पन्न भएको र ११ बजेदेखि मतगणना सुरु हुने जानकारी दिए । हेटौंडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माविमा मतगणना गरिने छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैपटक गरिने छ । एकैपटकमा १० स्थानमा मतगणना गर्ने तयारी भएकाे सहायक निर्वाचन अधिकृत तिर्थराज भट्टराइले बताए । मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ । एक साता भित्रमा सबै नतिजा आइसक्ने उनले बताए ।

मतगणनाको नतिजाको विवरण संकलनका लागि सूचना डेस्कको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलका अनुसार मतपरिणामको जानकारी दिन आधिकारिक व्यक्ति तोकिएको र ‘वान डोर सिस्टम’बाट मात्र सूचना प्रवाह हुनेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif