Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा प्रहरीद्वारा ८४ किलो गाँजा बरामद

GAJA-1551205678.jpg

हरीले मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–६ बाट ८४ किलो ४ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जीतबहादुर स्याङ्तानको घरमा लुकाएर राखिएको उक्त परिणामको गाँजा बरामद गरेको हो। मंगलबार बिहान प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वको प्रहरी टोलीले ५ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा बरामद गरेको हो।

बरामद गाँजा जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ भने गाँजा राख्ने स्याङ्तान फरार रहेकाले खोजी तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर विक्रम राणाले जानकारी दिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif