Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा निषेधाज्ञा उलङ्घन गर्ने १९ सवारी नियन्त्रणमा

3333-1622635217.jpg

निषेधाज्ञा उलङ्घन गर्ने १९ वटा सवारीलाई मकवानपुर प्रहरीले १९ जेठमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानमा निषेधाज्ञा उलङ्घन गर्ने सवारीलाई नियन्त्रणमा लिएर छाडिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । 

निषेधाज्ञा उलङ्घन गर्ने एउटा बसलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशबमोजिम रु. पाँच हजार जरिवानासमेत गरिएको उनले बताए । 

जिल्लाको विभिन्न स्थानमा निषेधाज्ञा उलङ्घन गरी हिँडडुल गरिरहेका ८१ जना व्यक्तिलाई ‘होल्ड’ गरी सम्झाई–बुझाई छाडिएको प्रहरीले जनाएको छ । 

मकवानपुरमा गएको बैशाख १९ गतेदेखि निषेधाज्ञा जारी रहेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif