Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु,एक गम्भीर घाईते

chatyang-1593050124.jpg

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

गाउँपालिकाको वडा नंबर २ कालापानीमा गएराति परेको चट्याङले स्थानिय २५ वर्षीया विना घिसिङ र १४ वर्षीया सम्झना घिसिङको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताईन् ।

यसैगरि चट्याङ लागेर सोहि स्थानका १४ वर्षीय किरण जिम्बा गम्भीर घाईते भएका छन् । उनको स्वास्थ्य चौकी धियाँलमा उपचार भईरहेको छ बताईएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०