nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा आज बिहान १० बजेबाट मतगणना, पहिलेका चुनाव भन्दा किन थोरै खस्यो मत ?

315535224_243269299688530-1669006445.jpg

५ मंसिर २०७९, सोमबार 
                                                                                मकवानपुर जिल्लामा आज बिहान १० बजेबाट मात्र मतगणना सुरु गरिने भएको छ । जिल्लाको दुइ वटा प्रतिनिधी सभा र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना बिहान १० बजेबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले वताउनुभयो । राती अवेर सम्ममा जिल्लाको ३ सय ६४ वटै मतदान केन्द्रहरुबाट मतपेटिका हेटौंडामा रहेको मतगणना स्थल शिद्धार्थ माध्यमिक बिद्यालयमा आइपुगेको छ ।

आज बिहान ८ बजेका लागि सर्वदलिय बैठक बोलाईको र त्यस बैठकपछी मतगणना सुरु गर्ने तयारी थालिएको उहाँले वताउनुभयो । हेटौंडाको शिद्धार्थ माध्यमिक बिद्यालयमा मतपेटिकाहरु चाङ लगाएर राखिएको छ । बिद्यालयका ८ वटा कोठामा एकैपटक मतगणना सुरु गरिने तयारी भइरहेको उहाँले वताउनुभयो ।
                                                                                यहिबिच हिजो भएको मतदानमा पहिलेका चुनावमा जस्तो मकवानपुरका नागरिकमा उत्साह देखिएको छैन । मतदान गर्न आउने मतदाताहरु पनि निकै घटेका छन् ।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी मतदान प्रक्रियामा जिल्लाका कुल मतदातामध्ये आधाभन्दा बढीले मतदान गरेका छन् । मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले ५९ प्रतिशत मत खसेको जानकारी दिए । २०७४ को निर्वाचनमा मकवानपुरबाट ६५ प्रतिशत खसेको थियो ।

मकवानपुरमा ३ लाख ७ हजार ३३ मतदाता छन् । जसमा १ लाख ५३ हजार ५ सय २८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना छन् । तर, कुल मतदाताको आधाले मात्रै मतदान गरेका हुन् ।

यसवर्षका निर्वाचनमा मतदाता संख्या बढेपनि जिल्लामा पाँच वर्षपछि मत दिनेहरु ६ प्रतिशतले घटेका हुन् । आमनिर्वाचन–०७९ मा कुल एक लाख ७८ हजार २ सय ८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जसमध्ये मतदान गर्नेमा पुरुष ९२ हजार ८ सय ७७ जना, महिला ८५ हजार ४ सय जना र अन्य ५ जना रहेका छन् । मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ६० जना भन्दा बढी उम्मेदवार प्रतिस्पर्धाको मैदानमा थिए ।

मतदान सकिएसँगै जिल्लाका सबै मतदान केन्द्रबाट मतगणनाका लागि मतपेटिकाहरु सदरमुकाम हेटौँडा ल्याउने क्रम जारी छ । मतगणना हेटौँडा–२, स्थित सिदार्थ माविबाट गरिँदैछ । मतगणना स्थलमा तारजाली र सिसिक्यामेरा जडान गरेर मतगणनाका लागि तयारी अवस्थामा राखिएको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)