Friday, 28th August, 2026
वि.स.

मकवानपुरगढीमा १५ शैयाको अस्पतालको शिलान्यास

hospital-1610175521.jpg

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ डुम्रेकुनामा १५ शैयाको अस्पताल निर्माणको काम शनिबारबाट सुरु भएको छ । अस्पतालको नेकपाका केन्द्रीय सदस्य तथा समकवानपुर क्षेत्रनम्बर २ का सांसद विरोध खतिवडाले शिलान्यास गरेका छन्र।

गाउँमा अस्पताल निर्माण भएपछी सामान्य बिरामी हुँदा पनि जिल्ला अस्पताल सम्म धाइरहनुपर्ने बाध्यता हट्ने खतिवडाले वताए।

कुल ६ करोड ५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले वताए। अस्पताल निर्माण भएपछी धेरैलाई सहज हुने उहाँले वताए । कार्यक्रममा मकवानपुरगढी ५ का वडा अध्यक्ष जितबहादुर घिमीरे, ६ का वडा अध्यक्ष टिका दाहाल लगायतकाको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif